एसिया कप क्रिकेट: श्रीलंकाविरुद्ध जित्नै पर्ने दबाबमा भारत

नेपालभ्युज

एसिया कप क्रिकेट: श्रीलंकाविरुद्ध जित्नै पर्ने दबाबमा भारत

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा मंगलबार बेलुका भारत र श्रीलंका आमने सामने हुँदैछन् । आईतबार भएको खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको भारतलाई जित्नै पर्ने दबाब छ । श्रीलंकासँग पराजित भए  साविक विजेता भारतका लागि फाईनल पुग्न कठिन हुनेछ । 

यता, श्रीलंका भने सुरुवात खराब गरे पनि पछिल्लो पटक खेल सुधार गरेको छ । एसिया कपमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका भारत र श्रीलंका यसअघि फेब्रुअरीमा पनि भिडेका थिए । जहाँ भारतले जित निकालेको थियो ।  

सन् २०२२ फेब्रुअरीमा श्रीलंका भारत भ्रमणमा गएको थियो । दुई राष्ट्रबीच भएको ३ टी–ट्वान्टी सिरिज भारतले क्लिनस्विप गरेको थियो ।   

सुपर फोरमा भारतले अंक जोड्न सकेको छैन । श्रीलंका पहिलो खेल जितेर शीर्ष स्थानमा छ । भारतलाई हराएको पाकिस्तान दोस्रो स्थानमा छ । 

सूर्यकुमार यादव, ऋषभ पन्त र हार्दिक पाण्डेया जस्ता ब्याटस्म्यानका कारण भारत बलियो मानिन्छ । भारतको तुलनामा श्रीलंकाको ब्याटिङ केहि कमजोर देखिन्छ ।

यद्यपि, अफगानिस्तानविरुद्धको खेलमा भने श्रीलंकाका पथुम निसान्का, कुसल मेन्डिस, दानुष्का गुनाथिलका र भानुका राजपक्षेले राम्रो प्रदर्शन गरेका थिए । श्रीलंका ह्याट्रिक जितको खोजीमा छ भने अर्को तर्फ भारत प्रतियोगितामा टिकिरहने दबाबमा छ । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved