फिफा विश्वकपको ट्रफी दुई दिन घानामा राखिने

नेपालभ्युज

फिफा विश्वकपको ट्रफी दुई दिन घानामा राखिने

आक्रा । फिफा विश्वकप फुटबलको ट्रफी दुई दिने भ्रमणको सुरुआतमा शनिबार यहाँ आइपुगेको छ ।

विश्वकप ट्रफीसँगै फ्रान्सका लिजेन्ड तथा विश्वकप सद्धभावना दूत डेभिड ट्रेजेगुएट पनि घानामा आइपुगेका छन् ।

घाना फुटबल संघ (जीएफए) का अध्यक्ष कर्ट ओक्राकुले घानाको भूमिमा ट्रफी आइपुगेकोमा खुशी व्यक्त गर्दै भने, ‘म अत्यन्त ऊर्जावान र उत्प्रेरित छु र मलाई लाग्छ कि यो प्रेरणा हाम्रो फुटबल टोलीमा प्रवेश गर्नेछ ।’

ट्रफी टूरले फुटबल प्रशंसकहरूलाई फुटबलमा सबैभन्दा प्रतिष्ठित प्रतीक हेर्न र विश्वको सबैभन्दा ठूलो, सबैभन्दा प्रत्याशित खेल घटनाहरूमध्ये एकको वास्तविक जादूको अनुभव गर्न आमन्त्रित गरेको छ ।

सन् २०२२ मा कतारमा नोभेम्बर र डिसेम्बरमा आयोजना हुने फिफा विश्वकपमा भाग लिने पाँच अफ्रिकी मुलुकमध्ये घाना पनि एक हो । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved