ह्यारी केन चम्किँदा टोटनहमले नटिङ्घमलाई हरायो

नेपालभ्युज

ह्यारी केन चम्किँदा टोटनहमले नटिङ्घमलाई हरायो

काठमाडौं। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले नटिङ्घम फरेस्टलाई २-० गोल अन्तरले हराएको छ ।

आइतबार राती भएको खेलमा टोटनह्यामलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे । खेलको पाँचौँ मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । तर, खेलको ८१औँ मिनेटमा केनले दोस्रो गोल गर्दै टोटनह्यामलाई २–० को जित दिलाए । जितसँगै टोटनह्याम ४ खेलमा १० अङ्कसहित तेस्रो स्थानमा पुगेको छ ।

आइतबार राती नै वेस्ट ह्यामले एस्टन भिल्लालाई १–० ले हराएको छ उल्भ्स र न्युकासलले १–१ गोलको बराबरी खेलेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved