सिट बाँडफाँटमा कांग्रेसले बखेडा गरे वाममोर्चाको विकल्प बाँकी नै छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले सिट बाँडफाँटमा बखेडा झिकिरहे वाममोर्चाको विकल्प बाँकी नै रहेको बताएका छन् । सत्तारुढ दलमा सिट बाँडफाँटबारे कुरा नमिलिरहेका बेला प्रचण्डको यस्तो भनाई आएको हो । 

नेपालभ्युज

सिट बाँडफाँटमा कांग्रेसले बखेडा गरे वाममोर्चाको विकल्प बाँकी नै छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले सिट बाँडफाँटमा बखेडा झिकिरहे वाममोर्चाको विकल्प बाँकी नै रहेको बताएका छन् । सत्तारुढ दलमा सिट बाँडफाँटबारे कुरा नमिलिरहेका बेला प्रचण्डको यस्तो भनाई आएको हो ।

पार्टीको बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामीसँग वाममोर्चाको पनि विकल्प छ। कांग्रेसले सिट बाँडफाँटमा साह्रै नै गरेछ भने संयुक्त वाममोर्चाका रुपमा चुनावी तयारी अगाडि बढाउँछौँ।’

वाम गठबन्धनको कुरा गरे पनि उनले त्यो एमालेसहितक हुन्छ कि हुन्न भन्नेबारे प्रष्ट पारेनन् । प्रचण्डले माओवादीमा स्थानीय चुनावमा जस्तै अन्तर्घात भए राम्रो नहुने चेतावनी पनि दिए । उनले भने, ‘हाम्रो बीचमा खुट्टा तानातान र अन्तर्घात भयो भने पार्टी विघटन हुन कसैले रोक्न सक्दैन ।’ उनले अब गुनासो नगरी निर्वाचनमा पार्टीलाई जिताउन लाग्न पनि निर्देशन दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved