रत्नपार्क र भोटाहिटी जोड्ने अण्डरपासमाथिको अवैध संरचना भत्काइँदै

काठमाडौं महानगरपालिकाले रत्नपार्कको अण्डरपास (सब–वे) माथिको संरचना भत्काउन थालेको छ। अवैध संरचना हटाउने क्रममा भोटाहिटी र रत्नपार्क जोड्ने संरचना भत्काउन लागेको हो।

नेपालभ्युज

रत्नपार्क र भोटाहिटी जोड्ने अण्डरपासमाथिको अवैध संरचना भत्काइँदै

काठमाडौं। काठमाडौं महानगरपालिकाले रत्नपार्कको अण्डरपास (सब–वे) माथिको संरचना भत्काउन थालेको छ। अवैध संरचना हटाउने क्रममा भोटाहिटी र रत्नपार्क जोड्ने संरचना भत्काउन लागेको हो।

सडक मुनीको अन्डरग्राउन्ड पैदलयात्रु हिँड्ने बाटो बनाइएको छ। त्यो ‘सब–वे’माथि बनेको संरचना भत्काउन थालिएको महानगरले जनाएको छ।

व्यापार गर्ने उद्देश्यले नक्सा विपरीतको बनाइएको संरचना भत्काउन लागेको महानगरका प्रवक्ता नवीन मानन्धरले जनाए।

महानगरले ठेक्का दिएको ठेकेदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काउन लागिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved