अस्पताल भर्ना भए स्वास्थ्यमन्त्री खापुङ

नेपालभ्युज

अस्पताल भर्ना भए स्वास्थ्यमन्त्री खापुङ
फाइल फोटो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् । शुक्रबार दिउँसो चक्कर लाग्ने र वाकवाक आउने समस्या देखिएपछि  मन्त्री खापुङलाई वीर अस्पताल लगिएको हो।

वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतका अनुसार उनको सबै रिपोर्ट सामान्य रहेको ।

‘उहाँमा ‘मेनियर्स डिजिज’को शंका लागेकाले हामीले एमआरआई गर्दैछौँ, अन्य रिपोर्टहरु सामान्य छन् ’, डा बस्नेतले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved