वार्तामार्फत् समस्याको समाधान निकाल्न बालेनलाई उद्योगी व्यवसायीको आग्रह

नेपालभ्युज

वार्तामार्फत् समस्याको समाधान निकाल्न बालेनलाई उद्योगी व्यवसायीको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अवैध संरचनामा डोजर चलाएपछि बसेको  काठमाडौं उद्योग वाणिज्य संघको आपतकालीन बैठक सकिएको छ ।

बैठकले  मेयर साहलाई वार्तामार्फत् समस्याको समाधान निकाल्न र व्यापारी माथिको हस्तक्षेप रोक्न अनुरोध गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

उनले भने,  ‘मेयर साहलाई थप व्यापारीमाथिको हस्तक्षेष रोक्न र वार्तामार्फत् समस्या समाधान गर्न आग्रह गर्ने निर्णय भयो ।’

घरधनी र महानगरको लडाइँमा व्यापारी परे, वार्ता र कानुनी तरिकाबाट पनि समस्या समाधान गर्न सकिन्छ भन्ने महासंघको निष्कर्ष रहेको उनले बताए ।

महानगरले केही दिनदेखि अवैध संरचना हटाउने अभियान शुरु गर्दा साना व्यापारीहरू मर्कामा परेको भन्दै संघले गम्भीर आपत्ति जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved