पल शाहको मुद्दामाथि नवलपुरमा आज सुनुवाइ हुँदै

शाहको सुनुवाइको लागि बुधबार नवलपुर जिल्ला अदालतमा पेशी तोकिएको छ ।

नेपालभ्युज

पल शाहको मुद्दामाथि नवलपुरमा आज सुनुवाइ हुँदै
फाइल तस्वीर

काठमाडौं। थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको आज बुधबार सुनुवाइ हुने भएको छ । शाहको सुनुवाइको लागि बुधबार नवलपुर जिल्ला अदालतमा पेशी तोकिएको छ । यस्तै, तनहुँ जिल्ला अदालतले १५ भदौका गतेका लागि पेशी तोकेको छ ।

बलात्कारको अभियोगमा शाह अहिले पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका छन् । पेशी तोकिएसँगै तनहुँ अदालतवाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्नेछ ।

एक नावालिक गायिका माथी पटक पटक जबरजस्ती करणी गरेको भन्दै गएको ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत, पोखरामा निवेदन दिए पनि उच्च अदालतले भने उनको निवेदन अस्विकृत गरिदिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved