जिम्बावेसँगको एकदिवसीय शृङ्खला भारतले जित्यो

गएराती हरारेमा दोस्रो खेल ५ विकेटले जितेसँगै भारतले एक खेल अघि नै शृङ्खला जितेको हो ।

नेपालभ्युज

जिम्बावेसँगको एकदिवसीय शृङ्खला भारतले जित्यो

काठमाडौं। जिम्बावेसँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ । गएराती हरारेमा दोस्रो खेल ५ विकेटले जितेसँगै भारतले एक खेल अघि नै शृङ्खला जितेको हो । जिम्बावेले दिएको १ सय ६२ रनको सामान्य लक्ष्य भारतले २५ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि शिखर धवन र शुभमन गिलले ३३/३३, दिपक हुडाले २५ र  सञ्जु सामसनले नटआउट ४३ रन बनाए । जिम्बावेका लुक जङ्वेले २ विकेट लिए। यसअघि पहिले ब्याटिङ् गरेको जिम्बावेले सिएन विलियम्सके ४२ र रायन बर्लको ३९ रन मद्दतमा १ सय ६१ रन बनायो । बलिङ्तर्फ भारतका शार्दुल ठाकूरले ३ विकेट लिए । तेस्रो खेल भोली सोमबार हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved