काठमाडौंको फोहोर विनाअवरोध बञ्चरेडाँडामा विसर्जन हुँदै

काठमाडौंको फोहोर विसर्जनमा २ महिनादेखि हुँदै आएको अवरोध आज शुक्रबारदेखि पुर्ण रुपमा हटेको छ । विहानैदेखि काठमाडौंबाट फोहोर बोकेर गाडीहरू नुवाकोटको बञ्चरेडाँडा गईरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

नेपालभ्युज

काठमाडौंको फोहोर विनाअवरोध बञ्चरेडाँडामा विसर्जन हुँदै
फाइल तस्वीर

काठमाडौं। काठमाडौंको फोहोर विसर्जनमा २ महिनादेखि हुँदै आएको अवरोध आज शुक्रबारदेखि पुर्ण रुपमा हटेको छ । विहानैदेखि काठमाडौंबाट फोहोर बोकेर गाडीहरू नुवाकोटको बञ्चरेडाँडा गईरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

हिजो बिहीबार काठमाण्डौ महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भए पछि काठमाण्डौबाट फोहोर बोकेका गाडी नियमित रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन् । बञ्चरेडाँडामा फोहोरका गाडी नियमित जान थाले पनि काठमाण्डौ उपत्यकामा थुप्रिएको फोहोर उठाउन समय लाग्ने  महानगरपालिकाले जनाएको छ ।

बिहानैदेखि त्यहाँ फोहोर विसर्जन भइरहेको र काठमाण्डौबाट पनि गाडी पुगिरहेका काठमाण्डौ महानगरपालिकाले जनाएको छ । महानगरले आजदेखि दैनिक ३ सय गाडीबाट फोहोर विसर्जनको तयारी गरेको छ । ल्यान्टफिल्ड साइटमा पर्ने धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर १ का बासिन्दाले पनि शुक्रबार फोहोर बोकेका गाडीलाई रोकेका छैनन् ।

महानगरपालिकाले एक हप्ताभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले यो अवधिसम्म कुनै अवरोध नगर्ने उनीहरुले बताएका वडाअध्यक्ष मानबहादुर तामाङले जानकारी दिए। सहमति अनुसार ल्याण्डफिल्ड साइटमा विरोध प्रदर्शनका क्रममा घाइते भएकाको उपचार खर्च महानगरले बेहोर्ने छ भने पक्राउ परेका एक जनाको पनि रिहाइ हुनुपर्नेछ ।

यस्तै, फोहोर बोकेर जाने गाडीले बाटोमा लिचेड चुहाउन पाउने छैनन् भने बञ्चरेडाँडामा फोहोर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि पनि छर्किनुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved