एमालेले दुईतिहाइ सिट नजिते राजनीतिबाटै संन्यास लिने खगराजको घोषणा 

नेपालभ्युज

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरू एक्लाएक्लै लड्दा एमाले एक्लैले दुईतिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । अधिकारीले त्यसरी लड्दा एमालेले दुईतिहाइ नल्याए आफू राजनीतिबाटै संन्यास लिन तयार रहेको घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै उनले भने, ‘एक्लाएक्लै लडे कांग्रेसले एक सिट पनि जित्दैन । अब काँग्रेस एक्लै लड्न नसक्ने भयो । कांग्रेस एक्लै लड्न आओस्, हामी दुईतिहाइभन्दा बढी सिटमा जित्छौँ । यदि, हामीले दुईतिहाइभन्दा बढी सिट जितेनौँ भने म राजनीति छोडिदिन्छु ।’

नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तीय गठबन्धनको संज्ञा पनि दिए । ‘एमाले माक्र्सवाद–लेनिनवादमा विश्वास गर्छ । अहिलेको गठबन्धन वित्तीय गठबन्धन हो’ अधिकारीले कांग्रेसले एसपीपी अर्को ढंगले अघि बढाउन खोजेको आरोप लगाए । उनले पार्टीको अर्थ विभागमा रहेको नाम एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरे ।

अहिलेको सरकारका कारण देश जटिल अवस्थामा पुगेको भन्दै अधिकारीले उत्पादनमा वृद्धि गरेर, स्वदेशी पुँजी निर्माण गरेर दलाल पुँजीलाई विस्थापित गर्न खोजेका थियौं । संघीयतालाई गतिलो तवरले कार्यान्वयन गर्नुपर्छ ।’ उनले देशको परराष्ट्र नीतिमा अहिले गम्भीर चुनौती खडा भएको सुनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved