जनैपूर्णिमा र गाईजात्रा साउन २७ मै : नेपाल पञ्चाङ निर्णायक समिति

नेपालभ्युज

जनैपूर्णिमा र गाईजात्रा साउन २७ मै : नेपाल पञ्चाङ निर्णायक समिति

काठमाडौं । नेपाल पञ्चाङ निर्णयक समितिले साउन २७ गते शुक्रबार एकै दिन जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा  पर्ने स्पष्ट पारेको  छ । शुक्रबार एकै दिन रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा परेकोमा विभिन्न टिका टिप्पणी भइरहेको बेला समितिले यस्तो जनाएको हो ।

कुनै पनि भ्रममा नपरी  र कुनै सन्देह नराखी सोही दिन आफ्ना कृत्यहरु गर्न गराउन समितिले सबैलाई आग्रह समेत  गरेको छ ।

बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले त्यसको भोलिपल्ट शुक्रबार जनैपूर्णिमा तथा रक्षाबन्धन गर्न उचित हुने समितिले जनाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved