आर्थिक संकटमा फसेकाे श्रीलंकाले विुद्यतीय शुल्क २६४ प्रतिशतले बढायाे

नेपालभ्युज

आर्थिक संकटमा फसेकाे श्रीलंकाले विुद्यतीय शुल्क २६४ प्रतिशतले बढायाे

काठमाडौं ।  श्रीलंकामा अब कम विद्युत खपत गर्ने उपभाेक्ताहरूले २६४ प्रतिशत धेरै शुल्क तिर्नुपर्ने भएको छ । तर, धेरै खपत गर्नेहरूलाई भने यो शुल्क कम लाग्नेछ । सीलोन इलेक्ट्रिसिटी बोर्डका अनुसार शुल्क निर्धारण गर्ने नियामक संस्थाले महसुल वृद्धि गर्न अनुमति दिएको हाे ।

यो बढोत्तरी ९ वर्षमा पहिलोपटक भएको हो । सन् २०२२ अगस्ट १० बाट नयाँ शुल्क लागू हुने भएकाे छ ।

सीईबीले ८०० प्रतिशत भन्दा धेरै शुल्क वृद्धि गर्नकालागि निर्देशन दिएको थियो तर नियामकले यसमा परिवर्तन गरेर २६४ प्रतिशत बढाएको हो । सीईबीले विद्युतीय महसुलका कारण अहिलेसमम ६१.६ करोड डलरको घाटा बेहाेरेको छ। साेहि घाटाकाे क्षतिपूर्तिका लागि यस्तो शुल्क बढाइएको हो ।

औपचारिक रेकर्डका अनुसार ९० किलोवाटभन्दा कम खपत गर्ने परिवार यसबाट सबैभन्दा बढी प्रभावित हुनेछन् । ९० किलोवाटभन्दा धेरै विद्युत प्रयोग गर्नेहरुले बिलको ८० प्रतिशत भुक्तानी गर्नुपर्नेछ । अहिलेसम्म प्रति युनिट २ रुपैयाँ ५० पैसा चार्ज तिर्ने उपभोक्ताले अब प्रतियुनिट ८ रुपैयाँ तिर्नुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved