युक्रेनमा रातभरि रुसी गोलाबारी, १२ जनाको मृत्यु

नेपालभ्युज

युक्रेनमा रातभरि रुसी गोलाबारी, १२ जनाको मृत्यु

एजेन्सी । युक्रेनको मध्यभागमा रातभर रुसी गोलाबारी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । निप्रोपेत्रोभस्क क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रमा ११ जनाको ज्यान गएको र जापोरिज्जिया क्षेत्रमा अन्यको मृत्यु भएको बताएका छन् ।

जापोरिज्जिया युरोपको सबैभन्दा ठूलो आणविक उर्जा संयन्त्रको घर हो । दुई देशले एकअर्कालाई सप्ताहन्तमा गोली हानेको आरोप लगाएका छन् ।

रुसले युक्रेनमा विस्फोटका शृंखला घटाएको बताइरहेका बेला पछिल्लो विस्फोटको घटना सार्वजनिक भएको हो । त्यसअघि, रुसी एयरबेसमा शृंखलाबद्ध विष्फोटमा एक जनाको मृत्यु भएको विवरण सार्वजनिक भएका थियो । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्रिमियाबाट सुरु भएको र यसको मुक्तिसँगै अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved