प्रशासकीय अधिकृतको निधन भएपछि धनुषामा सेवा स्थगन

नेपालभ्युज

प्रशासकीय अधिकृतको निधन भएपछि धनुषामा सेवा स्थगन

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय, धनुषाले बुधबार सेवाहरू स्थगन गरेको छ । प्रशासकीय अधिकृतको निधन भएपछि सेवाहरू स्थगन गरेको हो । सो कार्यालयका प्रशासकीय अधिकृत बलवीर ठाकुरको बुधबार बिहान हृदयघातका कारण निधन भएको छ ।

साथै, भाइरल ज्वरोका कारण ८/९ जना कर्मचारी संक्रमित भई होम आइसोलसनमा रहेको हुनाले बुधबार एक दिनका लागि प्रवाहित हुने सेवाहरू स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved