सत्ता गठबन्धनको कार्यदल बैठक सकियो, साउन २६ गते पुनः बस्ने

नेपालभ्युज

काठमाडाैं । सत्ता गठबन्धनको कार्यदल बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा सामान्य छलफल भएको बताइएको छ ।

कार्यदलकी सदस्य दुर्गा पौडेलका अनुसार भागवण्डाको विषयमा सामान्य छलफल भएको थियो । चुनावी तालमेलको मोडालिटी तयार गर्न बनेको उक्त कार्यदलको बैठक साउन २६ गते पुनः बस्ने उनले जानकारी दिईन् ।

बैठकको छलफलबारे  दलहरुभित्र आन्तरिक छलफल भएपछि बैठक पुनः बस्नेछ ।

सो कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् ।  जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने  जिम्मेवारी पाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved