सत्ता गठबन्धन

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, साउनभित्र टुंग्याउने तयारी

आगामी मंसिरमा हुने आम निर्वाचनको सिट बाँडफाँटका लागि  गठबन्धनले कार्यदल बनाएको छ । कार्यदलले साउनभित्रै बाँडफाँटको काम सक्ने तयारी गरेको छ ।

नेपालभ्युज

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, साउनभित्र टुंग्याउने तयारी
फाइल तश्वीर

काठमाडौं। सत्ता गठबन्धन अन्तर्गतको सिट बाँडफाँट कार्यदलको बैठक आज मंगलबार बस्दैछ ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रका नेता तथा कार्यदलका सदस्य वर्षमान पुनले नेपाल भ्युजलाई जानकारी दिए ।

आगामी मंसिरमा हुने आम निर्वाचनको सिट बाँडफाँटका लागि  गठबन्धनले कार्यदल बनाएको छ । कार्यदलले साउनभित्रै बाँडफाँटको काम सक्ने तयारी गरेको छ ।

कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन्। त्यस्तै, माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।

गएको वैसाखमा सम्पन्न पालिका चुनावमा तालमेल गरेका ५ दलले आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि तालमेल गर्ने निर्णय गरेका छन् ।

सत्ता गठबन्धनले तालमेल गरेमा आफ्नो दलले पराजय बेहोर्ने भन्दै एमालेले पनि गठबन्धनबाहेकका दलसँग मोर्चा बनाउन प्रयास गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved