इजरायलले गाजामा गरेको आक्रमणमा ३२ जनाको मृत्यु

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेमा बालबालिकासमेत रहेको बताएको छ।

नेपालभ्युज

इजरायलले गाजामा गरेको आक्रमणमा ३२ जनाको मृत्यु

काठमाडौं। इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा कम्तिमा ३२ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले हतियारधारी समूह प्यालेस्टायन इस्लामिक जिहादका लडाकू विरुद्ध गरेको कारबाहीमा नेता खालेद मन्सुर र तेसीर जाबिरी पनि कारबाहीमा मारिएको दाबी गरेको छ ।

मन्सुर जिहादका दोश्रो तहका नेता हुन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले मृत्यु हुनेमा बालबालिकासमेत रहेको बताएको छ।
इजरायली सेनाले गरेको कारबाहीको प्रतिउत्तरमा प्यालेस्टायनबाट शुक्रबारदेखि अहिलेसम्ममा ६०० वटा रकेट हानिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

इजरायलले सन् २०२१ को मेमा ११ दिनसम्म चलेको लडाईँपछि अहिले सबैभन्दा ठूलो कारबाही सुरु अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। यो कारबाही एक हप्तासम्म चल्ने उसले बताएको छ । २०२१ मेमा इजरेलले गरेको आक्रमणमा २०० जना प्यालेस्टायनीको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved