सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी रणनीतिबारे छलफल हुने

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी रणनीतिबारे छलफल हुने
फाइल तश्वीर

काठमाडौं। सत्ता गठबन्धनको बैठक आज बस्दैछ । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज साढे नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मंसिर ४ गतेको लागि चुनावको घोषणा भइसकेकाले दलहरुले गठबन्धनलाई पनि चुनावसम्मै लैजाने गरी आज सहमति गर्ने सम्भावना छ । बैठकमा सिट बाँडफाँटको विषयले पनि प्रवेश पाउनेछ ।

पालिका चुनावमा सिट बाँडफाँटमा ढिलाई हुँदा कार्यकर्तामा अन्योल भएकोले यसपटक चाँडै नै सबै विषयको टुंगो लगाउने गठबन्धनको तयारी रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved