निर्वाचन मिति घोषणा स्वागतयोग्य– नेकपा एमाले

प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनाव घोषणा गर्ने सरकारको निर्णयको स्वागत गरेको छ। बिहीबार सरकारले ४ मंसीर गते संघ र प्रदेशको एकसाथ चुनाव गर्ने मिति घोषणा गरेपछि एमालेले स्वागतयोग्य निर्णय भन्दै प्रतिक्रिया दिएको हो।

नेपालभ्युज

निर्वाचन मिति घोषणा स्वागतयोग्य– नेकपा एमाले

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनाव घोषणा गर्ने सरकारको निर्णयको स्वागत गरेको छ। बिहीबार सरकारले ४ मंसीर गते संघ र प्रदेशको एकसाथ चुनाव गर्ने मिति घोषणा गरेपछि एमालेले स्वागतयोग्य निर्णय भन्दै प्रतिक्रिया दिएको हो।

एमाले उपमहासचिव विष्णु रिमालले भने, ‘‘अनावश्यक रूपमा लामो अलमलपश्चात् नै सही, सरकारले संघ र प्रदेशको निर्वाचन मिति घोषणा गरेर सकारात्मक तथा स्वागतयोग्य कदम चालेको छ । मिति घोषणा गर्न हामीले दबाब बढाइरहेका थियौँ । तर सत्तारूढ गठबन्धनभित्र भइरहेको अनुचित चलखेलले कतै चुनाव नै धकेलिने र अनिश्चयको बादल थियो। अब त्यो संशय हटेको छ।’’

निर्धारित मितिमै बिना कुनै व्यवधान स्वच्छ तथा निष्पक्ष निर्वाचन गराउनेमा सरकारलाई केन्द्रित गराउन आफूहरू लाग्ने उनले बताए। मुलुक सङ्घीय प्रणालीमा गइसकेपछिको दोस्रो निर्वाचन हुन लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved