२३ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

अविरल वर्षाका कारण खसेको पहिरोले बन्द नारायणगढ–मुग्लिन सडक मंगलबार दिनैभर अवरुद्ध रहेपछि रातिबाट खुलेको छ। राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्यमार्ग २३ घण्टापछि सञ्चालनमा आएको हो। 

नेपालभ्युज

२३ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक
फाइल तस्वीर

काठमाडौं। अविरल वर्षाका कारण खसेको पहिरोले बन्द नारायणगढ–मुग्लिन सडक मंगलबार दिनैभर अवरुद्ध रहेपछि रातिबाट खुलेको छ। राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्यमार्ग २३ घण्टापछि सञ्चालनमा आएको हो।

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका– २९ केराबारी मौरीखोला पुलनजिकै सोमबार राति ११ बजे पहिरो खसेको थियो। इच्छाकामना गाउँपालिका– ६ को २ र ३ नम्बर पुलको बीच र भरतपुर– २९ सत्रकिलोमा पहिरो पन्छाएपछि मंगलबार राति १० बजेबाट सडक सञ्चालनमा आएको हो।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकसँगै पृथ्वी राजमार्ग पनि अवरुद्ध भएकाले सवारीसाधनहरू नारायणगढ, भरतपुर र गैंडाकोट क्षेत्रमा नै रोकिएका थिए। जसका कारण गन्तव्यमा हिँडेका यात्रु सडकमा अलपत्र परे।

यात्रुहरू घण्टौँसम्म भोक, तिर्खा र गर्मी सहेर बस्न बाध्य भए। एम्बुलेन्ससहितका अतिआवश्यक सवारीसाधन पनि चल्न सकेनन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार पहिरो पन्छाउने काम भइरहे पनि माथिबाट पहिरो खस्न नरोकिएपछि यातायात खुलाउन ढिला भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved