चितवन। लगातार वर्षाका कारण पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन । सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो ।
नारायणगढ–मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका–२९ केराबारी र सत्र किलोमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ ।
इच्छाकामना गाउँपालिका–६ को २ र ३ नम्बर पुलको बीचमा खसेको पहिरो पन्छाएर सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्टले जानकारी दिए । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–३ कुरिनघाटमा बिहान ८:५० बजे खसेको पहिरो पन्छाउने काम सुरु भएको उनले बताए ।
पहिराले राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ । लोडरको प्रयोग गरेर बाटो खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए । लगातार पानी परिरहेकाले अन्य स्थानमा पनि पहिरो जाने जोखिम रहेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सुझाएको छ ।
Facebook Comment
Comment