नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नेपालभ्युज

नारायणगढ–मुग्लिन सडक अवरुद्ध
फाइल फोटो

काठमाडौं। पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।

नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर–२९ को केराबारी र १७ किलो तथा पृथ्वी राजमार्गअन्तर्गत चितवनकै कुरिनटारमा पहिरो खसेपछि सवारी साधान बीचमै रोकिएका छन्।

पहिरो खसेपछि, चितवनतर्फ सवारीसाधनको चाप कम गर्न प्रहरीले नवलपुरबाट नारायणगढ–मुग्लिन हुँदै चल्ने सवारीसाधन जिल्लाका विभिन्न स्थानमा रोकिएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

केराबारीमा झरेको पहिरो हटाउन आज दिनभरि लाग्नसक्ने प्रहरीको अनुमान छ।

नारायणगढ–मुग्लिन सडक हुँदै चल्नेबाहेकका सवारीसाधनलाई भने गन्तव्यसम्म जान जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप थापाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved