फिफा विश्वकप २०२६ को छनोट खेल नेपाल प्लेअफबाटै खेल्नुपर्ने

सन् २०२६ को फिफा विश्वकप र एसियन कपका लागि छनोटको नयाँ ढाँचा सार्वजनिक भएको छ। उक्त ढाँचाअनुसार विश्वकपका लागि नेपालले एसियाली छनोटमा पहिलो चरणबाट खेल्नुपर्ने भएको छ।

नेपालभ्युज

फिफा विश्वकप २०२६ को छनोट खेल नेपाल प्लेअफबाटै खेल्नुपर्ने

काठमाडौं। सन् २०२६ को फिफा विश्वकप र एसियन कपका लागि छनोटको नयाँ ढाँचा सार्वजनिक भएको छ। उक्त ढाँचाअनुसार विश्वकपका लागि नेपालले एसियाली छनोटमा पहिलो चरणबाट खेल्नुपर्ने भएको छ।

एएफसीको कार्यकारी समितिले नयाँ ढाँचालाई अनुमोदन गरेपछि एएफसीले ढाँचा सार्वजनिक गरेको हो।

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने २०२६ को विश्वकपमा ४८ टोलीको सहभागिता रहनेछ। जसमा एसियाबाट ८ टोली विश्वकपमा छनोट हुनेछन् । यस्तै एसियाको एक टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्नेछ। प्ले अफबाट विश्वकपमा छनोट भए एसियाबाट ९ टोलीले विश्वकप खेल्नेछ।

नयाँ ढाँचा अनुसार विश्वकप पुग्नका लागि चार चरणको छनोट हुनेछ। पहिलो चरणमा एसियाका २६ देखि ४७ औँ वरीयतासम्मका टिमले खेल्नेछन्। यो छनोट चरणमा नेपाल रहनेछ । पछिल्लो वरीयतामा नेपाल एसियाको वरीयताको ३६औँ स्थानमा छ। नेपालले कतार विश्वकप २०२२ का लागि दोस्रो चरणबाट छनोट खेलेको थियो। प्लेअफ चरण नेपालले उच्च वरीयता रहेका कारण खेल्नुपरेको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved