पोखरामा सय भन्दा बढी घर डुबानमा

पहिराले घर पुरिँदा एकको मृत्यु, एक घाइते

आइतबार साँझदेखि निरन्तर परेको वर्षाको कारण कमलपोखरी क्षेत्रका घरहरु डुबानमा परेका हुन्।

नेपालभ्युज

पोखरामा सय भन्दा बढी घर डुबानमा

काठमाडौं। निरन्तरको बर्षाका कारण पोखरा महानगरपालिका–१३ का एक सयभन्दा बढी घर डुबानमा परेका छन्।

आइतबार साँझदेखि निरन्तर परेको वर्षाको कारण कमलपोखरी क्षेत्रका घरहरु डुबानमा परेका हुन्।

निरन्तरको बर्षाका कारण घरहरु डुबानमा परेपछि डोजर लिएर थुनिएका ठाउँ खोल्ने र आवश्यक निकास दिने प्रयास गरिएको वडा कार्यालयले जनाएको छ।

आज मध्यान्हदेखि पानी पर्न केही कम भएको र आफ्नो घरमा बस्न सक्ने अवस्था नभएकालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको वडा अध्यक्ष किरण बरालले जानकारी दिए।

‘‘भर्खरै पानी पर्न कम भएको छ, अहिले डुबानबाट धेरै समस्यामा परेकालाई राहत वितरण गर्न थालेका छौँ’’ बरालले नेपालभ्युजसंग भने ‘‘आवश्यकता अनुसार सुरक्षित स्थानमा सार्ने काम थालिएको छ।’’

काहुँखोलाबाट आएको पानीले सो क्षेत्र बर्सेनि डुबानमा पर्दै आएको छ।

पहिराले घर पुरिँदा एकको मृत्यु, एक घाइते

पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा पहिराले घर पुर्दा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् ।

अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको कच्ची घर पुर्दा भाडामा बस्ने २६ बर्षका सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा गम्भिर घाइते भएका सुनारलाई उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

कास्कीको माछापुच्छ«े गाउँपालिका–१ भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते भएकी छन्। उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सोही कोठामा रहेकी सुनिताकी १० वर्षीया छोरी सिम्रन सुनार भने सकुशल रहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved