श्रीलंकाका राष्ट्रपतिको गुनासो : मसँग घर छैन, कहाँ जानु ?

प्रदर्शनकारीले यसअघि नै आगो लगाइदिएकाले आफूसँग घर नभएको र फेरि पनि आफ्नै घर जाउ भन्नु समयको बर्बादी मात्रै हुने विक्रमासिंघेको भनाइ रहेको छ

नेपालभ्युज

श्रीलंकाका राष्ट्रपतिको गुनासो : मसँग घर छैन, कहाँ जानु ?

काठमाडौं । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले आफूसँग घर नभएको गुनासो गरेका छन् । प्रदर्शनकारीले राष्ट्रपति विक्रमासिंघेलाई सरकारी निवास नभई आफ्नै घर जान धम्की दिएका छन् । क्यान्डी सहरमा भएको एक कार्यक्रममा राष्ट्रपति विक्रमासिंघेले आफूसँग घर नै नभएकाले प्रदर्शनकारीको मागले कुनै महत्व नराख्ने बताएको भारतीय सञ्चारमाध्यम एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ ।

प्रदर्शनकारीले यसअघि नै आगो लगाइदिएकाले आफूसँग घर नभएको र फेरि पनि आफ्नै घर जाउ भन्नु समयको बर्बादी मात्रै हुने विक्रमासिंघेको भनाइ रहेको छ । आफ्नो घर पुनर्निर्माण भएपछि प्रदर्शनकारीको माग सम्बोधन हुन सक्ने राष्ट्रपति विक्रमासिंघले बताएका छन् ।
गएको जुलाइ ९ तारिखमा प्रदर्शनकारीले तत्कालिन प्रधानमन्त्री विक्रमासिंघेको घर जलाइदिएका थिए । त्यसअघि उनिहरुले राष्ट्रपति निवास कब्जा गरेका थिए । प्रदर्शनकारीले निवास कब्जा गर्ने संकेत पाएपछि तत्कालिन राष्ट्रपति गोटाबाया राजापाक्षे भागेर माल्दिभ्स हुँदै सिँगापुर गएका छन् । राजापाक्षेले सिँगापुरबाटै राजीनामा दिएपछि भएको राष्ट्रपतिको चुनावमा रनिल विक्रमासिँघे निर्वाचित भएका छन् ।

गम्भीर आर्थिक संकटमा फसेको श्रीलंकामा औषधी, खाद्यान्न, इन्धन लगायतका अत्यावश्यक वस्तुको चरम अभाव छ । देश गरिबी र भोकमरीमा जान थालेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved