साफ यू-२० च्याम्पियनसिप : भारतलाई हराएर फाइनल पुग्ने दाउमा नेपाल

यस अघिका दुवै खेल जितेकाे नेपाल आज विजयी भएमा फाइनल पुग्ने सम्भावना धेरै बलियाे हुनेछ । नेपाल ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

नेपालभ्युज

साफ यू-२० च्याम्पियनसिप : भारतलाई हराएर फाइनल पुग्ने दाउमा नेपाल

काठमाडाैं। साफ यू-२० च्याम्पियनसिप फुटबल च्याम्पियनसिपमा नेपालले आज आइतबार भारतसँग खेल्दैछ  । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे भुवनेश्वरको कालिंगा स्टेडियममा सुरु हुनेछ ।

भारत साफ यू -२० काे साविकको विजेता पनि हाे ।

यस अघिका दुवै खेल जितेकाे नेपाल आज विजयी भएमा फाइनल पुग्ने सम्भावना धेरै बलियाे हुनेछ । नेपाल ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।  नेपालले  माल्दिभ्सलाई ४ गाेलले र श्रीलंकालाई ३ गाेलले हराएकाे छ । नेपालले ७ गाेल गरेकाेमा १ गाेल पनि खाएकाे छैन ।

भारत पहिलाे खेलमा बंगलादेशसँग पराजित भएकाे थियाे भने दाेस्रो खेलमा श्रीलंकालाई ४ गाेलले हराएकाे थियाे ।

मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगकाे खेल सधैँ विशेष हुने बताएका छन् । ५ राष्ट्र सहभागी प्रतियोगिताकाे  शीर्ष स्थानमा रहने २ राष्ट्रले फाइनल खेल्नेछन्।  नेपालले समूह चरणकाे अन्तिम खेल मंगलबार बंगलादेशसँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved