कम्युनिटी शिल्ड फुटबलकाे उपाधि लिभरपुलले जित्याे

प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले  कम्युनिटी शिल्ड जितेको हाे ।

नेपालभ्युज

कम्युनिटी शिल्ड फुटबलकाे उपाधि लिभरपुलले जित्याे

काठमाडाैं । कम्युनिटी शिल्ड फुटबलकाे उपाधि लिभरपुलले जितेकाे छ ।  प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले  कम्युनिटी शिल्ड जितेको हाे ।

किग्ङ्स पावर मैदानमा लिभरपुलले सिटीलाई ३–१ गोलले हरायाे । लिभरपुलकाे जीतमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन न्युनेजले १–१ गोल गरे ।

सिटीका जुलियन अल्भारेजले एक गोल फर्काए । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको उपाधिका लागि खेल्ने गर्छन् ।

गएको सिजनमा सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने लिभरपुलले एफए कप जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved