आईएमएफबाट ऋण पाउन पाकिस्तानका सेना प्रमुखले मागे अमेरिकाको सहयोग

सेना प्रमुख जनरल कमर जावेद बाजवाले आईएमएफले दिने ऋणको लागि अमेरिकाको सहयोग मागेको भारतीय सञ्चारमाध्यम एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ ।

नेपालभ्युज

आईएमएफबाट ऋण पाउन पाकिस्तानका सेना प्रमुखले मागे अमेरिकाको सहयोग

काठमान्डौं। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफबाट ऋण प्राप्त गर्नको लागि पाकिस्तानका सेना प्रमुखले अमेरिकाको सहयोग मागेका छन् । सेना प्रमुख जनरल कमर जावेद बाजवाले आईएमएफले दिने ऋणको लागि अमेरिकाको सहयोग मागेको भारतीय सञ्चारमाध्यम एनडीटीभीको अनलाइन संस्करणले जनाएको छ ।
आईएमएफले पहिलो चरणमा १ दशमलव २ विलियन अमेरिकी डलर ऋण पाकिस्तानलाई दिने घोषणा गरेपनि प्रक्रियामा ढिला भइरहेको छ ।
सेना प्रमुख बाजवाले यसै हप्ता अमेरिकी उप विदेशमन्त्री वेन्डी शेरमेनसँग फोन गरेर सहयोग मागेको खबरमा उल्लेख छ । आर्थिक संकटको अवस्थामा पुग्न लागेको पाकिस्तानलाई आइएमएफले जुलाई १३ तारिखको दिन १ दशमलव १७ बिलियन अमेरिकी डलर ऋण दिन स्वीकृति दिएको थियो । तर कहिलेसम्म दिने भन्ने विषय खुलाइएको छैन ।
महँगो इन्धन आयातका कारण पाकिस्तानमा विदेशी मुद्रा सञ्चितीको अवस्था निराशाजनक अवस्थामा पुगेको छ । मित्र राष्ट्र र विभिन्न साझेदार संस्थाको ऋण तिर्न नसक्दा पाकिस्तानलाई कयौँ देश र संस्थाले थप ऋण नदिने घोषणा गरिसकेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved