प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

भेटमा विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी भएको छ।

नेपालभ्युज

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

बालुवाटारमा भएको भेटवार्तामा  दुईपक्षिय सम्बन्धमा बिषयमा कुराकानी भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री देउवाले, अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्रतरता पाउने विश्वास व्यक्त गरेका छन्।

यसअघि शुक्रबार नै विदेशमन्त्री डोनाल्ड लुले परराष्ट्रमन्त्री डा नारायण खड्कासंग पनि भेटवार्ता गर्नुभएको थियो । उहाँहरुबीच द्विपक्षीय आर्थिक र विकास सहयोग, खाद्य सुरक्षा, कोभिड–१९ विरुद्धको खोपलगायत सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

बिहीबार साँझ नेपाल आउनुभएका सहायक विदेशमन्त्री लु यसअघि गत मङ्सिरमा पनि नेपाल भ्रमणमा आउनु भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved