राजदूत शर्मा र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता

नेपालभ्युज

राजदूत शर्मा र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं। भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय विदेशसचिव विनयमोहन क्वात्राबीच आज भेटवार्ता भएको छ। भेटबारे राजदूत शर्माले ट्विटरमार्फत जानकारी गराएका हुन्।

‘विदेशसचिव क्वात्राजीसँग आज भएको भेटमा हामीले द्वीपक्षीय सहकार्यका बृहत् पक्षमा छलफल भयो। सबै विषयमा रहेको मजबुत सम्बन्धलाई कायम राख्दै कामलाई निरन्तरता दिने सहमति भयो’ उनले ट्विटरमा उल्लेख गरेका छन्।

गत वर्षको चैतमा राजदूत नियुक्त भएका शर्माले विदेश सचिवसँग भेट गरे पनि विदेशमन्त्री एस जयशंंकरलाई ओहोदाको प्रमाणत्र बुझाउने समय अझै पाएका छैनन् । यद्यपि, भारत सरकारका विभिन्न तहका पदाधिकारीसँग उनको भेट भने दिपक्षीय भ्रमणका क्रममा पटक–पटक भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved