काठमाडौंको फोहोर विसर्जनमा बञ्चरेडाँडाका वासिन्दाको अवरोध

नेपालभ्युज

काठमाडौंको फोहोर विसर्जनमा बञ्चरेडाँडाका वासिन्दाको अवरोध

काठमाडौं। बञ्चरेडाँडाका स्थानीयवासीले काठमाडौं महानगरपालिकाको फोहोर फाल्न फेरि अवरोध गरेका छन्। यसअघि पनि आफ्ना माग पुरा नभएको भन्दै पटकपटक अवरोध गर्दै आएका उनीहरूले आज पनि फोहोर फाल्न अवरोध गरेका हुन।

महानगरबाट बिहानैदेखि करिब ६० वटा गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न सकेको छैन। काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईका अनुसार फोहोर बोकेर बञ्चरेडाँडामा गइरहेका गाडीलाई अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको छ।

काठमाडौं महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन शुरु गर्ने भन्दै सूचना जारी गरेको थियो। आज बिहानैदेखि फोहोर संकलन सुरु गर्ने जानकारी दिएको थियो। सोही अनुसार बिहान फोहोर बोकेका गाडीहरू बञ्चरेडाँडामा पुगे पनि स्थानीयको अवराेधका कारण रोकिएका छन्।

स्थानीयवासीले फोहोर बोकेको गाडी रोकेपछि एक सातापछि उठ्न शूरु भएको फोहोर फेरि उठ्नेमा शंका उत्पन्न भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved