काठमाडौंको फोहोर आजदेखि उठाइने, फोहोर नउठ्दा संक्रामक रोगको जोखिम

नेपालभ्युज

काठमाडौंको फोहोर आजदेखि उठाइने, फोहोर नउठ्दा संक्रामक रोगको जोखिम

काठमाडौं। काठमाडौं महानगरपालिकाको फोहोर आजदेखि उठ्ने भएको छ। महानगरले अस्ति मंगलबार एक सूचना जारी गरी फोहोर संकलन आजदेखि शुरू हुने जनाएको थियो। विगत एक हप्तादेखि काठमाडौँको फोहोर उठ्न सकेको थिएन्।

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फोहोर व्यवस्थापन स्थलसम्म जाने सडक मर्मत सकिने भएकाले आज बिहानैदेखि फोहोर सङ्कलन हुने जनाए।

फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापन स्थल बन्चरेडाँडासम्म जाने सडक मर्मत गर्न भनी गत बिहीबारदेखि फोहोर व्यवस्थापनको काम रोकिएको थियो।

जथाभाबी रूपमा फोहोरको डङ्गुर थुप्रिएसँगै काठमाडौंका सडकमा लिचेट बग्न थालेको छ। साउन ३ गतेदेखि उपत्यकाको फोहोर नउठ्दा फोहोरबाट रसाएको लेदो (लिचेट) सहरका सडकमा बगिरहेको छ। उपत्यकाको फोहोर उठ्न नसक्दा प्रदूषणसँगै संक्रामक रोग सङ्क्रमणको जोखिम पनि बढेको छ।

काठमाडौंका विभिन्न ठाउँमा खानेपानीको पाइप फुट्ने गरेका घटनाहरू बारम्बार आउँछन्। त्यस्ता, ठाउँमा लिचेट छिरे स्वास्थ्य समस्या निम्तन सक्ने खतरा छ। हैजा, झाडापखाला, टाइफाइडलगायतका रोगको संक्रमण पनि देखिने विज्ञहरू बताउँछन्। फोहोरको डङ्गुर थुप्रिँदा जमिनसँगै वायु प्रदूषण पनि बढ्ने खतरा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved