आफूले जस लिन गठबन्धनले नागरिकता विधेयक ल्याएको एमाले अध्यक्ष ओलीको प्रतिक्रिया

नेपालभ्युज

आफूले जस लिन गठबन्धनले नागरिकता विधेयक ल्याएको एमाले अध्यक्ष ओलीको प्रतिक्रिया

काठमाडौं । नागरिकता विधेयकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रतिक्रिया आएको छ । उनले जस लिनका लागि गठबन्धन सरकारले नयाँ नागरिकता बिधेयक ल्याएको बताए ।

झापाको बिर्तामोडमा बुधबार आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष ओलीले यसअघि प्रचण्डले विधेयक तीन बर्ष रोकेर राखेको आरोप लगाउँदै अहिले जस लिनका लागि गठबन्धन सरकारले अघि बढाएको बताए ।

पहिले रोकेर अहिले समितिमा छलफल नै नगराई नयाँ बिधेयक ल्याएर सरकारले जनतामा भ्रम छर्न खोजेको ओलीको आरोप छ । गठबन्धनले जस लिन विधेयक अघि बढाएको बताए पनि त्यसका अन्तरवस्तुबारे टिप्पणी गरेनन् ।

राष्ट्रियताका पक्षमा उभिएकै कारण गठबन्धनको उदेश्य एमालेलाई कमजोर पार्ने र सिद्धाउनेमा केन्द्रीत रहेको उनको तर्क छ । गठबन्धन दलका क्रियाकलापका कै कारण संघीयता समेत बदनाम भएको अध्यक्ष ओलीले आरोप लगाए ।


Comment

One thought on “आफूले जस लिन गठबन्धनले नागरिकता विधेयक ल्याएको एमाले अध्यक्ष ओलीको प्रतिक्रिया

  1. हैन, उनैने होइन भन्ने गरेका प्रदेश सरकार भनेका स‌घिय सरकारको प्रशासनिक इकाई मात्र हो भनेर रआफ्नो कार्यकालमा त्यस्तै व्यवहार गरेको । अहिले के को तमासा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved