एसईईको नतिजा सार्वजनिक हुँदै, परीक्षा बोर्डको बैठक जारी

नेपालभ्युज

एसईईको नतिजा सार्वजनिक हुँदै, परीक्षा बोर्डको बैठक जारी

काठमाडौं। एसईईको नतिजा सार्वजनिक गर्नको लागि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको बोर्ड बैठक जारी छ। नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएपछि औपचारिकताको लागि बैठक बसेको हो। नतिजा केही समयमा सार्वजनिक हुने परीक्षा नियन्त्रक रायमाझीले बताए।

कोभिड महामारीको दुई वर्षपछि बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो। कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो।

५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन्।

वैशाख ९ गतेदेखि शुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved