यसरी हेर्न सकिन्छ एनटीसीबाट एसईईको नतिजा

नेपालभ्युज

यसरी हेर्न सकिन्छ एनटीसीबाट एसईईको नतिजा

काठमाडौ‌‍‍‍‌। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही साता भित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।

एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमको व्यवस्था गरेको जानकारी दिएको छ। सो परीक्षाको परीक्षाफल एसएमएस, कल तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने भनिएको छ।

नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने बताइएको छ । साथै, मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा SEE लेखेर एक स्थान (स्पेस) छाडी अल्फाबेट सहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा पठाउने सकिन्छ।

त्यस्तै, नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र हो । प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुने भनिएको छ । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेपश्चात् परीक्षाफल हेर्न सकिने छ ।

एसईईको नतिजा results.ekantipur.com लगअन गरेर पनि हेर्न सकिने छ । यस्तै Result लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर राखी ३५००१ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved