म्यान्मारमा ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड

नेपालभ्युज

म्यान्मारमा ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड

काठमाडौं। म्यान्मारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड दिएको छ। उनीहरुलाई कहाँ र कहिले मृत्युदण्ड दिएको हो त्यस विषयमा आधिकारिक रूपमा जानकारी गराइएको छैन।

१९८८ पछि म्यान्मारमा पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो।
मृत्युदण्ड दिएकोमा पूर्व सांसद फो जिया था, लेखक तथा कार्यकर्ता को जिमी, ला म्यो आङ्ग र आङ्ग थुरा जा रहेका छन्। उनीमाथि ’आतंकवादी गतिविधि’लाई संलग्न भएको आरोप थियो।

उनीहरुलाई यो सजाय २०२१ मा भएको ’सैनिक कु’को दौरान भएको घटनासँग सम्बन्धित रहेको बताइएको छ।

प्रजातान्त्रिक रूपमा निर्वाचित भएको आङ साङ सू चीको नेसनल लिग फर डेमोक्रेसीबाट सरकार बनाउनबाट रोक्दै सेनाले सत्ता हातमा लिएको थियो। त्यस समयमा म्यान्मारभर त्यसको विरोध प्रदर्शन भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved