एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने तयारी

नेपालभ्युज

एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने तयारी

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अबको तीन दिनभित्र सार्वजनिक हुने भएको छ। बिहीबारभित्र सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डको माध्यमिक शिक्षा परीक्षाको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुन कुमार रायमाझीले अबको बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको बताए।

२०७८ सालको एसईईको परीक्षा २०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो। करिब चार लाख विद्यार्थी सहभागी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved