सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

नेपालभ्युज

सन् २०२३–२०३३ लाई भ्रमण दशक मनाउने घोषणा

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना–२०७९ सार्वजनिक गरेको छ। आइतबार पर्यटनमन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै उक्त पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेका हुन्। आर्थिक वर्ष शुरु भएसँगै पर्यटन क्षेत्रमा देखिएको सुधारात्मक संकेतपछि मन्त्रालयले कार्ययोजना सार्वजनिक गरेको हो।

कार्ययोजनाले प्रमुख रुपमा सन् २०२३–२०३३ लाई पर्यटन भ्रमण दशकको रुपमा मनाउने उद्घोष गरेको छ। यसअघि सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा गरे पनि कोरोनाका कारण प्रभावित भएको थियो।

२० लाख पर्यटक भित्र्याउने लक्ष्य थियो। तर जम्माजम्मी २ लाख पनि पर्यटक भित्रिन नपाई कोरोना महामारी फैलिएकाले असफल भयो।

कोभिड–१९ को प्रभाव कम भएसँगै बिस्तारै सुध्रँदै गएको विश्व पर्यटन बजारबाट पुनः पर्यटन आकर्षित गर्न सकिने भन्दै अहिले कार्ययोजना बनाइएको हो। अब सन् २०२३ देखि २०३३ लाई भ्रमण वर्षको रुपमा अघि बढाउन सकिने मन्त्रालयले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved