कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भिडभाड नगर्न र सावधानी अपनाउन आग्रह

नेपालभ्युज

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भिडभाड नगर्न र सावधानी अपनाउन आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भिडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर भिडभाड हुने ठाउँमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ।

सबै सरकारी, गैरसरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भिडभाड हुने व्यावसायिक तथा मनोरञ्जन स्थल, रङ्गशालामा मास्क अनिवार्य गर्नरगराउन तथा प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था मिलाउन भनिएको छ।

यस्तै सार्वजनिक गाडी, विमानस्थल, हवाई उडानलगायतमा मास्क अनिवार्य प्रयोग गर्न, गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने कार्यक्रममा मास्क लगाउन पनि आग्रह गरिएको छ। स्वास्थ्य संस्थाले सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गर्नरगराउन, कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।

खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा। समीर कुमार अधिकारीले निकालेको विज्ञप्तिमा उल्लेख छ। हिजो थप ४ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो। नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ४१ जना पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved