वडा सदस्यको गाडीले ठक्कर दिँदा भरतपुरमा सैनिकको मृत्यु

नेपालभ्युज

वडा सदस्यको गाडीले ठक्कर दिँदा भरतपुरमा सैनिकको मृत्यु
सांकेतिक तस्वीर

चितवन। भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ।

मङ्गलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग२च ९०६२ नंको गाडीले भरतपुर महानगरपालिका-१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा३३प १४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सवार कालीबहादुर गणमा कार्यरत अमल्दार तनहुँ व्यास नगरपालिका–१२ घर भएका ३३ वर्षीय सुरज गुरुङको मृत्यु भएको हो। उपचारका क्रममा चितवन मेडिकल कलेजमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

कार र चालक वडा सदस्य प्रहरीको नियन्त्रणमा रहेका छन्। वडा सदस्य गुरुङले मादक पदार्थ सेवन गरेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिए। पक्राउ परेका गुरुङ हालै मात्रै नेकपा (एमाले) बाट वडा सदस्यमा निर्वाचित भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved