भारतमा एकैदिन थपिए २० हजार बढी कोरोना संक्रमित

नेपालभ्युज

भारतमा एकैदिन थपिए २० हजार बढी कोरोना संक्रमित

एजेन्सी। भारतमा बुधबारको तुलनामा कोरोना संक्रमण १९ प्रतिशतले बढेको छ।

पछिल्लो २४ घण्टामा २० हजार एकसय ३९ जना संक्रमित फेला परेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ। बुधबारको तुलनामा आज ३ हजार २३३ जना कोरोना संक्रमित बढेका छन्।

बुधबार प्रकाशित विवरणअनुसार कोरोना सङ्क्रमितको संख्या १६ हजार ९०६ पुगेको थियो। हाल भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार करोड ३७ लाखभन्दा बढी पुगेको छ।

भारतमा एक लाख ३६ हजार ७६ सक्रिय संक्रमित छन्। यो कुल संक्रमितको ०.३१ प्रतिशत हो। करिब चार महीनापछि १३ दिनयता सक्रिय संक्रमितको संख्या एक लाखभन्दा बढी भएको छ।

पछिल्लो एक दिनमा १६ हजार चारसय ८२ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने ३८ जनाको मृत्यु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved