११ महीनामा भित्रियो नौ खर्ब चार अर्ब विप्रेषण

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको ११ महीनाको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३.८ प्रतिशतले वृद्धि भएको हो।

नेपालभ्युज

११ महीनामा भित्रियो नौ खर्ब चार अर्ब विप्रेषण

काठमाडौं। चालु आर्थिक वर्षको ११ महीनामा नौ खर्ब चार अर्ब १८ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको ११ महीनाको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३.८ प्रतिशतले वृद्धि भएको हो।

केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा भएको विप्रेषण आप्रवाह १.५ प्रशितले वृद्धि भई सात अर्ब ५१ करोड रुपैयाँ बराबर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ।

केन्द्रीय बैंकका अनुसार कूल तीन लाख १३ हजार ३६७ नेपालीले त्यस्तो अनुमति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६८ प्रतिशतले घटेको थियो।

वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई दुई लाख ५९ हजार ९१ बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५२.१ प्रतिशतले घटेको थियो।

सो अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले वृद्धि भएर १० खर्ब ६ अर्ब सात करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved