बलात्कारका घटनामा हदम्याद बढाउने सहमति

बालबालिका अपांग, अशक्त, मानसिक अवस्था कमजोर भएकाको हकमा ३ वर्षको हदम्याद राख्ने सहमति भएको छ।

नेपालभ्युज

बलात्कारका घटनामा हदम्याद बढाउने सहमति

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिले बलात्कारको घटनामा दुई वर्ष हदम्याद राख्ने सहमति जुटाएको छ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले यौन हिंसाविरुद्धका केही ऐन संशोधन विधेयकमाथि छलफल गर्दै दुई वर्ष हदम्याद राख्ने निर्णय गरेको हो।

त्यस्तै बालबालिका अपांग, अशक्त, मानसिक अवस्था कमजोर भएकाको हकमा ३ वर्षको हदम्याद राख्ने सहमति भएको छ।

बलात्कारमा परेका नाबालिगले बालिग भएको ३ वर्षसम्म उजुरी गर्न सक्ने व्यवस्था विधेयकमा राखिएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए।

यसअघि बलात्कारका घटनामा एक वर्षे हदम्याद हटाउनुपर्ने भन्दै महिला अधिकारकर्मीहरुले आन्दोलन गरेका थिए।

त्यस्तै विधेयकमा यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने सहमति भएको जुटेको छ।

बैठकले यौनजन्य हिंसासम्बन्धी सम्पूर्ण कानूनहरुको सरोकारवालासँग छलफल र अध्ययन गरेर छिटोभन्दा छिटो समग्र कानून सुधारका लागि विधेयक प्रस्तुत गर्न सरकारलाई निर्देशन समेत गरेको सभापति पोखरेलले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved