बागमती प्रदेशसभाको बैठक २९ असारमा बस्ने

चालु दशौँ अधिवेशनको २५ औँ बैठक आगामी २९ असार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

नेपालभ्युज

बागमती प्रदेशसभाको बैठक २९ असारमा बस्ने
फाइल तस्वीर।

हेटौँडा। बागमती प्रदेशसभाको आगामी बैठक यही २९ असारमा बस्ने भएको छ। बजेट अधिवेशनका रूपमा रहेको दशौँ अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि अन्तिम बैठक हुनेछ।

चालु दशौँ अधिवेशनको २५ औँ बैठक आगामी २९ असार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

प्रदेशसभाको दशौँ अधिवेशनको २४ औँ बैठक यही १६ असारमा बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो। गत १३ जेठदेखि शुरु भएको दशौँ अधिवेशनअन्तर्गत १ असारमा प्रदेश सरकारले आव २०७९र०८० का लागि बजेट प्रस्तुत गरेको थियो।

सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको छलफल १३ र १४ असारमा सकेको प्रदेशसभाले १६ असारमा विनियोजन विधेयक पारित गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved