एनसेलको सामाजिक पहल- रिङरोड ग्रीनबेल्टको उद्घाटन

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रिन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रिन बेल्टको उद्घाटन गरिएको छ।

नेपालभ्युज

एनसेलको सामाजिक पहल- रिङरोड ग्रीनबेल्टको उद्घाटन

काठमाडौं। एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रिन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रिन बेल्टको उद्घाटन गरिएको छ।

एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडक खण्डमा हरियाली विकास, निर्माण तथा संरक्षण गर्दै आएको छ। सो रिङरोड ग्रिन बेल्टको मंगलबार उद्घाटन गरिएको हो।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा राजेन्द्र के.सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त रुपमा एक कार्यक्रममाझ उद्घाटन गरे। एनसेलले यस सामाजिक पहल अन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रिन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ सहित हरियाली निर्माणको सकेर संरक्षणको काम गरिरहेको छ।

हरियाली विकासको एक उदाहरणीय काम बनेको यो परियोजनाले रिङरोड सडक खण्डमा सफा र हरियालीलाई प्रवर्द्धन गरेको देखिन्छ।

कार्यक्रम अन्तर्गत एनसेलले ल्यान्डस्केपिङसहित हरियाली निर्माण र संरक्षण बाहेक कोटेश्वरदेखि कलंकी सडक खण्डमा वृक्षारोपणमा पनि योगदान पुर्‍याएको छ। यस किसिमको हरियाली विकास तथा संरक्षणले वातावरण संरक्षणमा योगदान पुर्‍याउनुका साथै समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्‍याउने भएकोले एनसेलले सन् २०२४ सम्म यस ग्रिन बेल्टको संरक्षण गर्ने छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले भने, “दिगो विकास लक्ष्यसँग जोडिएको सरकारको वातावरण सम्बन्धी लक्ष्य र हाम्रो आजियाटा समूहको नेट जिरो कार्बनको आकाङ्क्षा अनुरूप समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान गर्न पाउँदा हामी खुसी छौँ। हामी वन तथा भू–संरक्षण विभाग, ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका, सम्बन्धित वडाहरू र अन्य सरोकारवालाहरूप्रति आभारी छौँ। यो परियोजना सार्वजनिक—निजी साझेदारीको उत्कृष्ट उदाहरण हो र यसले हामी कसरी यस्ता परियोजनाहरू सामूहिक रूपमा साकार पार्न सक्छौँ भनी प्रस्टाएको छ।”

वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसीले केही प्रतिस्थापन गरेर शत प्रतिशत बोटबिरुवा जीवित राख्न सक्नु ठुलो उपलब्धि भएको टिप्पणी गरे। उनले भने, ‘‘ “यस क्षेत्रका ९० प्रतिशत बोटबिरुवालाई जीवितै राख्ने हाम्रो प्रतिबद्धता रहेको थियो। केही प्रतिस्थापन गरेर शत प्रतिशत बोटबिरुवा जीवित राख्न सक्नु ठुलो उपलब्धि हो। रिङरोडको ग्रीनबेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ, हरियाली प्रवर्द्धन र सौन्दर्यीकरणमा निजी र सार्वजनिक सहकार्यको उत्तम उदाहरण प्रस्तुत गरेकोमा हामी एनसेललाई धन्यवाद छ। भविष्यमा यस्ता सहकार्यका लागि अन्य धेरै क्षेत्रहरू छन्।”

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पनि ललितपुर महानगरपालिकाको तर्फबाट एनसेललाई धन्यवाद दिए। उनले भने, “हामीले सम्पन्न गरेका सुन्दर परियोजनामध्ये यो एउटा हो त्यसैले म ललितपुर महानगरपालिकाको तर्फबाट एनसेललाई धन्यवाद दिन चाहन्छु। ललितपुरलाई स्मार्ट सिटीमा परिणत गर्ने हाम्रो भिजन अन्तर्गत चार वटा रुटमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने कार्य सम्पन्न गरी शहरमा १४०० वटा बत्ती जडान गर्ने काम गरिरहेका छौँ। अर्को चरण भनेको ललितपुरभित्र पर्ने रिङरोडको ७.९ किलोमिटर क्षेत्रमा स्मार्ट बत्ती जडान गर्ने हो।”

एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले दिगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा तथा स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) अन्तर्गतका पहलहरूलाई पनि प्राथमिकतामा राख्दै सामाजिक कार्यहरू गर्दै आएको छ । औद्योगिक व्यावसायिक नियमावलीले पनि व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ।

एनसेलले आफ्नो सामाजिक पहल अन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोगलगायत क्षेत्रमा १ दशमलव ६५ अर्ब रुपैयाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासमा सहयोग पु¥याएको छ। स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र सधैँ एनसेलको प्राथमिकतामा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved