साफ च्याम्पियनसिप गुमाउने भइन् कप्तान रेनुकाले

नेपालभ्युज

साफ च्याम्पियनसिप गुमाउने भइन् कप्तान रेनुकाले

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान रेनुका नगरकोटी घाइते भएपछि साफ च्याम्पियन्ससिप गुमाउने भएकी छन्।

चोटका कारण कम्तीमा १० हप्ता उनी मैदान बाहिर बस्नुपर्ने भएको हो। महिला साफ च्याम्पियनसिपमा आउँदो १३ भदौदेखि २५ गतेसम्म नेपालमै आयोजना हुँदैछ।

सोमबार एन्फा कमप्लेक्स सातदोबाटोमा एशियन कपको तयारीका लागि गरिएको प्रशिक्षणका क्रममा उनको घाँटीमुनिको हाड भाचिँएको थियो। यसपछि तत्कालै उनको ललितपुरस्थित बी एण्ड बी अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो।

शल्यक्रियापछि उनको अवस्था सामान्य रहेको र आजै अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ। तर अब उनी कम्तीमा १० हप्ता मैदान बाहिर रहनुपर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

एन्फाका नवनियुक्त अध्यक्ष पंकज विक्रम नेम्वाङसहितको टोलीले मंगलबार रेनुलाई अस्पताल नै पुगेरे भेटेका थिए। मिडफिल्डर रेनुका राष्ट्रिय टिमसँगै विभागीय टोली नेपाल एपीएफ क्लबकी पनि कप्तान हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved