दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

बजेटमा अनधिकृत व्यक्ति प्रवेशपछि सीसीटीभी फुटेज डिलिट भएको मुद्दा पेचिलो बनिरहेको समयमा मन्त्रिपरिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

नेपालभ्युज

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं। बजेटमा अनधिकृत व्यक्ति प्रवेशपछि सीसीटीभी फुटेज डिलिट भएको मुद्दा पेचिलो बनिरहेको समयमा मन्त्रिपरिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। बैठकमा जनता समाजवादी पार्टीबाट सोमबार मात्रै शपथ लिएका तीन मन्त्रीको पहिलो मन्त्रिपरिषद् बैठक हुनेछ।

अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट राजीनामा दिन वा हटाउन प्रधानमन्त्री देउवामाथि सत्ता गठबन्धन दलका नेताहरूले नै दबाब दिइरहेका छन्।
सोमबारको संसद्मा प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले उक्त विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेका थिए।
कांग्रेसकै महामन्त्री गगन थापाले राजीनामा वा बर्खास्त गर्नुपर्ने धारणा राखेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved