‘नेपालले केरुङबाट रेल ल्याउन सक्दैन, चीन र भारतसँग सहयोग मागौँ’

‘‘म बाँचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछजस्तो लाग्दैन । नेपालले ढुकुटीको पैसा लगानी गरेर वा सफ्ट लोन लिएर हामीले बनाउन सक्छ भन्दै गर्दा सोच्ने भनेको मेचीदेखि महाकालीको रेल हो।’’

नेपालभ्युज

‘नेपालले केरुङबाट रेल ल्याउन सक्दैन, चीन र भारतसँग सहयोग मागौँ’

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री शर्माले नेपालले आफ्नो ढुकुटीको पैसा लगानी गरेर सहुलियत ऋणमा मेची-महाकाली रेल बनाउनतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे।

उनले भने, ‘‘म बाँचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछजस्तो लाग्दैन । नेपालले ढुकुटीको पैसा लगानी गरेर वा सफ्ट लोन लिएर हामीले बनाउन सक्छ भन्दै गर्दा सोच्ने भनेको मेचीदेखि महाकालीको रेल हो।’’

नेपालले छिमेकी देश चीन र भारतलाई केरुङ-काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने तर लिजमा बाटो दिने र उपहार प्रोजेक्ट लिन चाहने प्रस्ताव राख्नुपर्ने उनको भनाइ छ। ‘‘हामीले भारत र चीनलाई प्रस्ट भन्न सक्नुपर्छ कि तिमीहरू व्यापार गर, लिज बाटो दिन्छौँ। सामान लैजाउ बाटो दिन्छौँ। हामी गरिब छौँ, तिमीहरुको एउटा गिफ्ट प्रोजेक्ट लिन चाहन्छौँ’’, उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved