गायिका दिलमायाको मृत्यु शंकास्पद, फेसबुकमा ‘सुसाइड नोट’ पोष्ट गरेको मोबाइल भेटिएन

सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइड नोट’ लेख्नु र भोलिपल्ट आफ्नै कोठामा मृत भेटिँदा पनि मोबाइल नभेटिनुले घटना शंकास्पद देखिएको अनुसन्धान अधिकारीको विश्लेषण छ।

नेपालभ्युज

गायिका दिलमायाको मृत्यु शंकास्पद, फेसबुकमा ‘सुसाइड नोट’ पोष्ट गरेको मोबाइल भेटिएन

काठमाडौं। हिजो मृत अवस्थामा भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको मोबाइल नभेटिएपछि उनको मृत्यु शंकास्पद देखिएको छ। अनुसन्धानमा खटिएको प्रहरी टोलीले मृत्यु शंकास्पद देखिएको भन्दै अनुसन्धान प्रक्रिया तीव्र बनाएको छ।

मृत भेटिनुअघिल्लो राति दिलमाया सुनारले जीवनबाट हार खाएको भन्दै फेसबुकमा स्ट्याटस लेखेकी थिइन्। सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइड नोट’ लेख्नु र भोलिपल्ट आफ्नै कोठामा मृत भेटिँदा पनि मोबाइल नभेटिनुले घटना शंकास्पद देखिएको अनुसन्धान अधिकारीको विश्लेषण छ।

काठमाडौंको नेपालटारस्थित आफ्नै डेरामा मृत भेटिएकी सुनारको मत्यु भएको सूचना पाएलगत्तै प्रहरी पुगेको थियो। अनुसन्धानमा खटिएको प्रहरी टोलीले विभिन्न पाटोहरूबाट घटनाको अनुसन्धान गरिरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जनाए।

‘बाँच्न गाह्रो भएको’ भन्दै फेसबुकमा भावुक पोस्ट गरेकी गायिका दिलमाया सुनार मृत भेटिइन्

अनुसन्धानको क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। पक्राउ परेका सूर्य श्रेष्ठबाट अहिलेसम्म कुनै नयाँ तथ्य खुल्न सकेको छैन। प्रहरीका अनुसार सूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेका थिए।

सुर्खेत घर भएकी उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन्।

केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् । ३० बर्सिया गायिका दिलमायाले चर्चित ख्यातिप्राप्त लोक दोहोरी गायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved